जसपा संसदीय दलको निर्वाचन भोलि
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा )ले भोलि बुधबार संसदीय दलको नेता चयन गर्ने भएको छ । जसपाले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार, बुधबार विहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुनेछ । यस्तै, १२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यसैगरी, बुधबार २ः३० बजेदेखि ३ः३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
