एयरपोर्टबाट १९ किलो सुनसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदेशी नागरिक रहेका छन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो । आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
