ब्राउन सुगरसहित एक युवक पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ८, शुक्रबार ०९:५९
सांकेतिक तस्बिर

कपिलवस्तु । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिकाबाट सोही पालिका वडा नम्वर १२ मानपुर बस्ने २२ वर्षीय दुर्गाप्रसाद खटिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खटिकलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी टोलीले पक्राउ गरेको हो । कृष्णनगर नगरपालिका वडा न १२ हरिगवा स्थित लु ७६ प ३६८३ नम्बरको मोटरसाइकलमा सवार खटिकलाई प्रहरीले चेकजाँचको क्रममा खटिकको साथबाट लागूऔषध ब्राउन सुगर खैरो हिरोईन जस्तो देखिने ४५ ग्राम बरामद भएपछि निजलाई पक्राउ गरिएको जनाइएको छ ।