जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार १७:४७
सांकेतिक तस्बिर

उदयपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर प्रहरीले बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१ बस्ने ६१ वर्षीय रामबहादुर राई रहेका छन् ।

प्रहरीका अनुसार, राईले ती महिलालाई मंसिर २९ गते जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।