नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

तु खबर संवाददाता
२०७९ पुष ७, बिहीबार १६:०८

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको हो ।

दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने एक नेताले जानकारी दिए ।