माओवादी बागमती : संसदीय दलको नेतामा जमरकट्टेल र पौडेलबीच प्रतिस्पर्धा हुने

तु खबर संवाददाता
२०७९ पुष ६, बुधबार १७:५९

मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेताको लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । माओवादी केन्द्रको नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनाव समेत हुन सक्ने सांसदहरुले बताएका छन् । यसअघि दलको नेता जमरकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका हुन् ।

प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गतेको सकिएपछि माओवादीले दलको नेता चयनको प्रक्रियामा जाने तयारी गरेको छ । बागमती प्रदेशमा नेकपा माओवादीका २१ जना सांसद निर्वाचित भएका छन् ।