ज्येष्ठ सदस्य राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । बैठक भोलि मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो ।
उक्त बैठक ज्येष्ठ सदस्य राणाको अध्यक्षतामा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । बैठकपछि दिउँसो १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम रहेको छ ।
