बैकिङ कसुर मुद्दामा फरार कार्की पक्राउ

तु खबर संवाददाता
२०७९ पुष ५, मंगलवार १७:०३
file-photo

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट बैकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–१ घर भएका श्रीकृष्ण कार्की रहेका छन् ।

कार्कीलाई उच्च अदालत पाटनले २०७७ पुस २८ मा ११ लाख ९५ हजार जरिवाना र ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि फरार कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।