कोरोना संक्रमण दर शून्यमा झर्‍यो

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार १८:१३
file-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, आज सार्वजनिक गरेको तथ्यांकअनुसार ११९ जनाको नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

मन्त्रालयका अनुसार सो अवधिमा संकलित ११९ जनाकै नमूना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।