माओवादी पदाधिकारी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ पुष ३, आईतवार ०८:१५

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने माओवादी महासचिव देव गुरुङले जानकारी दिए । बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने उनले बताए ।

माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित छ । माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । तर, हाल कायम पाँच दलीय गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।