मकवानपुर प्रहरीद्वारा अवैध गाँजा र अफिम खेती नष्ट

तु खबर संवाददाता
२०७९ पुष २, शनिबार १६:१३
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिका अन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरेको छ । प्रहरीले दुबै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको गाँजा र अफिम खेती नष्ट थरेको जनाएको छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लागूऔषध खेती नष्ट गर्ने अभियान अन्तर्गत सो परिमाणमा गाँजा खेती र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवाraksनपुरले जनाएको छ ।

सो अभियान अन्तर्गत लगातर ४ दिन लगाएर प्रहरीको विभिन्न संयुक्त टोलीले गाँजा र अफिम नष्ट गरेको थियो ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटेको प्रहरी निरीक्षक कञ्चन राजचलको नेतृत्वमा नौ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठको नेतृत्वमा ३८ तथा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कृष्णराज ढकालको नेतृत्वमा ३६ जना गरी ८३ जनाको प्रहरी टोलीले सो अवैध गाँजा तथा अफिम खेती नष्ट गरेको थियो ।