मलेसियामा एकैदिन १२४१ जनामा कोरोना पुष्टि

एजेन्सी
२०७९ मंसिर २९, बिहीबार १८:२२
file-photo

मलेसिया । मलेसियामा बुधबार मध्यरातसम्म १ हजार २४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण पु्टि भएको छ । यससँगै मलेसियामा कोरोना संक्रमितको संख्या ५० लाख १३ हजार ७२४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

तीमध्ये तीनवटा आयातित केसहरू रहेका र १ हजार २३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ । यस समयमा कोरोना सङ्क्रमणको कारण थप ६ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको सङ्ख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

यस अवधिमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरूको कुल सङ्ख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।