हत्या गरेको अभियोगमा एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २८, बुधबार १६:००
सांकेतिक तस्बिर

संखुवासभा । प्रहरीले संखुवासभाको खादबारी नगरपालिका–९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खादबारी नगरपालिका–९ बस्ने ३६ वर्षीय देवेन्द्र कुमाल रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।

मंसिर १९ गते मादक पदार्थ सेवन गरिरहेको अवस्थामा उनीहरुबीच बादबिवाद भई देबेन्द्रले ढुङ्गा प्रहार गर्दा घाइते भएका अमल कुमालको मंगलबार राति जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।