शेयरबजारमा झिनो अंकको गिरावट

तु खबर संवाददाता
२०७९ मंसिर २७, मंगलवार १६:२४

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक सुधार देखिएको शेयरबजारमा आज २.२५ अंकको गिरावट आएको हो ।

नेप्से इन्डेक्स आज १८९९ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुँदा ७७ करोड ७० लाख रुपैयााँमाथिको कारोबार भएको छ ।

नेप्से सूचक घटेसँगै आज कारोबार रकम समेत घटेर करोडमा सीमित हुन पुगेको छ ।