युरियाको कालोबजारी गरेको आरोपमा युवक पक्राउ
सप्तरी । सप्तरी प्रहरीले मल खाद युरियाको कालोबजारी गरेको आरोपमा एक युवकलाई आईतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दास रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरिरहेको भनि विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलील चेकजाँच गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो ।
उनीमाथि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
