सोमबार १६ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । लामो समयको अन्तरालपछि आज शेयर बजारमा हरियाली छाएको छ । आईतबार उच्च अंकले गिरावट आएको शेयरबजार आज १६.९७ अंकले बढेको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ९० प्रतिशतले बढेर १९०२ विन्दुमा कायम हुन पुगेको छ । आईतबार नेप्से ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको थियो ।
आज नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ । आईतबार नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको थियो ।



