यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी, सबैभन्दा धेरै शिवम सिमेन्ट्स
काठमाडौं । आज साताको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा उच्च अंकको ग्रिावट आएको छ । गत साता उतारचढाव देखिएको शेयरबजार आज ३१.९७ अंकले घटेर इन्डेक्स १८८५ विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २५१ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट्स रहेको छ । शिवम् सिमेन्टको आज १० करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ७ करोड ७५ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख, एनआइसी एशिया बैंकको ३ करोड ९२ लाख र रिडी हाइड्रोपावरको ३ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।




