बागमती प्रदेशबाट समानुपातिकतर्फ २९ जना सांसद चयन (सूचीसहित)

तु खबर संवाददाता
२०७९ मंसिर २५, आईतवार १०:११

मकवानपुर । प्रतिनिधि सभाको आगामी कार्यकालका लागि बागमती प्रदेशबाट समानुपातिकतर्फ २९ जना सांसद चयन भएका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्दै ५ वटा दलहरूबाट समानुपातिक तर्फ २९ जना सांसद चयन भएका हुन् ।

बागमती प्रदेशबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको सांसदहरूमा उनीहरुको नाम समेटिएको हो ।

जसमा नेपाली कांग्रेसबाट ९ जना, एमालेबाट ७ जना, माओवादी केन्द्रबाट ४ जना, रास्वपाबाट ५ जना र राप्रपाबाट ४ जना प्रतिनिधिसभा सांसदको लागि सिफारिसमा परेका छन् ।

कांग्रेसबाट खसआर्य पुरुष तर्फ
डा.प्रकाशशरण महत (नुवाकोट)

कांग्रेसबाट खस–आर्य महिलातर्फबाट
अम्बिका बस्नेत (काठमाडौं)
प्रतिमा गौतम (काठमाडौं)
रमा कोइराला (भक्तपुर)

कांग्रेसबाट आदिवासी जनजाति महिलातर्फ
सुशीला थिङ (सिन्धुली)
सपना राजभण्डारी (काठमाडौं)
अञ्जनी श्रेष्ठ (चितवन)

कांग्रेसबाट दलित महिलातर्फ
शान्ति विक (चितवन)
सीता मिजार (नुवाकोट)

एमालेबाट आदिवासी–जनजातितर्फ
देवीप्रसाद भट्टचन (ललितपुर)
नैनकला थापा मगर (चितवन)
रणकुमारी बलम्पाकी मगर (सिन्धुली)
शान्ति श्रेष्ठ (काठमाडौं)

एमालेबाट खस आर्य पुरुषतर्फ
रघुजी पन्त (काठमाडौं)

एमालेबाट दलित पुरुषतर्फ
ईश्वरबहादुर रिजाल (दोलखा)

एमालेबाट दलित महिलातर्फ
रुक्मिनी राना बराइली (काभ्रे)

माओवादी केन्द्रबाट आदिवासी महिलातर्फ
मिना तामाङ (काभ्रे)

माओवादीबाट खस आर्य महिलातर्फ
ज्ञानु बस्नेत सुवेदी (चितवन)
विमला सुवेदी (नुवाकोट)

माओवादीबाट दलित पुरुषतर्फ
रणेन्द्र बराली (चितवन)

रास्वपाबाट आदिवासी–जनजाति तर्फ
सुमना श्रेष्ठ (काठमाडौं)

रास्वपाबाट खस–आर्य महिला तर्फ
डा.चन्दा कार्की (ललितपुर)

रास्वपाबाट खस आर्य पुरुषतर्फ
डोलप्रसाद अर्याल (काठमाडौं)

रास्वपाबाट दलित पुरुष तर्फ
सन्तोष परियार (भक्तपुर)

रास्वपाबाट मुस्लिम तर्फबाट
असिम शाह (काठमाडौं)

राप्रपाबाट खस आर्य कोटातर्फ 
पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक)

राप्रपाबाट आदिवासी जनजाति पुरुषतर्फ
बुद्धिमान तामाङ (धादिङ)

राप्रपाबाट आदिवासी जनजाति महिलातर्फ
बिना लामा (धादिङ)

राप्रपाबाट खस आर्य महिलातर्फ
रोशन कार्की (ललितपुर)