रास्वपाका नेताहरु समानुपातिकको सूची बोकेर निर्वाचन आयोग पुग्यो

तु खबर संवाददाता
२०७९ मंसिर २४, शनिबार १६:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीकोको शनिबार बसेको बैठकले १३ जनाको नामावली टुंगो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू निर्वाचन आयोग पुगेको एक नेताले बताए ।

ती नेताका अनुसार, समानुपातिकतर्फ डा.ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, डा.चन्दा कार्की, डोलप्रसाद अर्या, निशा डाँगी, विनीता कठायत, सन्तोष परियार र शिव नेपाली, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम साह चयन भएका छन् ।