लागूऔषध गाँजासहित तीन जना पक्राउ
सर्लाही । सर्लाहीबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ३०० लागूऔषध गाँजासहित तीन जनालाई तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कबिलासी नगरपालिका–१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसहित तीन जना रहेका छन् । अन्य दुई जनाको भने हाल नाम नखुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको सुराक पाएपछि प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
