सीके राउत र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ मंसिर २०, मंगलवार १७:३२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताए ।