सर्लाहीबाट गाँजासहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १९, सोमबार १६:२३
file-photo

सर्लाही । सर्लाहीमा अवैध गाँजासहित २ जनालाई प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य एक जनालाई आईतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २–०२–००३ प १७०२ नम्वरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।