दोलखामा नेकपा माओवादी केन्द्रका कार्की विजयी

तु खबर संवाददाता
२०७९ मंसिर १९, सोमबार ०९:४७

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै विजयी हाँसिल गरेका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।

यस्तै, दोलखा प्रदेश सभा १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार ३३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरेका थिए ।

यस्तै, प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र १९५ मतदान केन्द्र रहेका थिए । जिल्लामा कूल मत ८५ हजार ३८८ खसेको थियो ।