गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

तु खबर संवाददाता
२०७९ मंसिर १८, आईतवार १०:०३

भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।

बास्कोटाको भक्तपुरस्थित घरमा आज बिहानै फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।