बाजुराबाट प्रदेश सभा २ मा कांग्रेसका शाही विजयी
nir बाजुराबाट प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही विजयी भएका छन् । शाही आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।
यस्तै, स्वतन्त्र उम्मेदवार जनक बहादुर रावलले १५५ र राप्रपाका उम्मेदवार हिमाल बहादुर शाहीले १२२ मत प्राप्त गरे । सो क्षेत्रमा ८३४ मत बदर भएको छ ।
यस्तै, बाजुरा प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही शनिबार नै विजयी भइसकेका छन् । शाहीले १० हजार ९७३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत पाएका थिए ।
