माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार १५:०५

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा गर्न बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपरान्ह ३ बजे बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुनेछ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।