दोलखामा सत्ता गठबन्धनकै अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर १७, शनिबार ०९:४९

दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । हालसम्म १६ हजार १९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले आग्रता कायमै राखेका छन् ।

कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार ९ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन् । कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका गर्दा उनका प्रतिस्पर्धी शिवाकोटीले ६ हजार ७०० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।