चोरी गरेको आरोपमा एक पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १५, बिहीबार १८:०१
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंमा प्रहरीले दिउँसै चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएके छ ।

प्रहरीका अनुसार, तामाङले बौद्ध, कपन जस्ता एरियामा दिउँसै चोरी गर्ने गरेका थिए । तामाङले चोरी गरेको ४ लाख ८१ हजार ६५० रूपैयाँ र विभिन्न औजारसहित मंगलबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।