सुनसरी ४ मा पछि परे कांग्रेसका कार्की
सुनसरी । सुनसरी ४ मा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार, नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् ।
नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएसँगै कार्की पछि परेका हुन् । कुसियैतले २९ हजार ७९४ मत प्राप्त गर्दा कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतान्तर देखिएको छ ।
