जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १३, मंगलवार १७:३२

झापा । झापा प्रहरीले जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कन्काई नगरपालिका–४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनलाई जिल्ला अदालत झापाको २०६७ पुस १३ गतेको फैसलाले जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर गरिएको थियो । फरार उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।