लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १३, मंगलवार १५:१७
सांकेतिक तस्बिर

काठमाडौं । अवैध लागू औषधसहित कञ्चनपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका–७ कालो पुलबाट ब्राउन सुगर जस्तो देखिने २ ग्राम ९१ मिलिग्रामसहित प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले स्थानीय ४६ वर्षीय कर्ण विकसहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । अभियुक्तहरू चढेको सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।