गेष्ट हाउसमा पुरुषको शव फेला

तु खबर संवाददाता
२०७९ मंसिर १२, सोमबार १६:४४
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा पुरुषको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्वर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइरालाको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत अवस्थामा फेला परेका हुन् । सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उक्त घटनाबारे प्रहरी वृत बालाजुले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।