महोत्तरी–१ मा गिरिराजमणि पोखरेल पराजित, लक्ष्मी महतो निर्वाचित

तु खबर संवाददाता
२०७९ मंसिर ११, आईतवार ०८:३५
file-photo

महोत्तरी । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

महतोले पोखरेललाई १ हजार ३१ मतले पराजित गरेका हुन् । महतोले २४ हजार ४०१ मत प्राप्त गर्दा पोखरेलले २३ हजार ३७० मत प्राप्त गरेका छन् । त्यसैगरी, महोत्तरी–१ (१) प्रदेश सभातर्फ एमालेकै शारदा थापा ८ हजार २४५ मत प्राप्त गरी विजयी भएकी छन् ।

थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले ७ हजार ५८५ मत प्राप्त गरेको छन् । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा ४ प्रतिनिध सभा र ८ प्रदेश सभा क्षेत्र छन् ।