रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी
काठमाडौं । चितवन क्षेत्र नम्वर २ बाट नवनिर्वाचित सांसद एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ ।
आफूलाई समाजवादी केन्द्र नेपालको सर्वोच्च नेता बताउने युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रकृयासमेत पुरा नगरी निर्वाचन आयोगमा दल दर्ता गरेको र प्रतिनिधि सभाको उम्मेदवार समेत भएको भन्दै बिहीबार मन्त्रालयमा उजुरी दर्ता भएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
गृह मन्त्रालयको गुनासो व्यवस्थापन शाखामा गरेको उजुरीको दर्ता नं।. १९१ रहेको र सो शाखाबाट च.नं. १५७ रही नागरिकता तथा राष्ट्रिय परिचयपत्र शाखामा गएर आवश्यक कारबाही अगाडि बढेको गृह मन्त्रालयमा सह प्रवक्ता वसन्त भट्टराईले जानकारी दिए । उनले सो उजुरी बारेमा के गर्ने भन्नेबारेमा गृहसचिवले निर्णय लिने बताए ।
