काभ्रे–१ (ख) मा ३ मतान्तरले तीर्थ लामा विजयी
काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार, उनले आफ्नो निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामालाई ३ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।
तीर्थले १९ हजार २ सय ८० मत प्राप्त गर्दा एमालेका चन्द्रले १९ हजार २ सय ७७ मत प्राप्त गरे । सो क्षेत्रमा ९ जना उम्मेदवार प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
