चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०८:३०
file-photo

चितवन । चितवन निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका हुन् ।

लामिछानेले ३९ हजार २१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ र एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।