डडेल्धुरामा देउवालाई ४५८० को अग्रता

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १४:३१
file photo

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् । १९ हजार ५९६ मतगणना भइसक्दा देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मत प्राप्त गरेका छन् । सोमबारसम्म दोस्रो स्थानमा रहेका नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल आज भने तेस्रो स्थानमा छन् । उनले २ हजार ६९४ मत प्राप्त गरेका छन् ।