रुपन्देही–३ मा गृहमन्त्री खाँण पछाडी
रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछाडी परेका छन् । मंगलबार बिहानसम्मको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले ३ हजार ९१९ मतसहित पछाडी परेका हुन् ।
यस्तै, उनका प्रतिस्प्रर्धी राप्रपाका दीपक बोहराले ४ हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।
गृहमन्त्री खाँणलाई भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ ।
