सुर्खेतको सिम्तामा मतदान सुरु

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार ०९:०६
file-photo

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको मतदान मंगलबार सुरु भएको छ । निर्वाचन कार्यालयका अनुसार, सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । उक्त स्थानमा २ हजार ९ सय मतदाता रहेका छन् ।