डिना उपाध्यायले कमल थापालाई १२८१ मतले पछि पारिन्
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा –१ मा ८१०६ मत गणना हुँदा गठबन्धनकी महालक्ष्मी डिना उपाध्यायले ३८४६ मत प्राप्त गरेकी छिन् । अर्का उम्मेदवार नेकपा एमालेका कमल थापाले २५६५ र राप्रपाका दीपकबहादुर सिंहले ८२९ मत प्राप्त गरेका छन् ।
यो मत परिणाम अनुसार, अहिलेसम्म गठबन्धनकी डिना उपाध्याय १२८१ मतले कमल थापाभन्दा अगाडि रहेकी छिन् । हेटौंडाको सिद्धार्थ माद्यमिक विद्यालयमा मतगणना जारी छ ।
