कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट नेकपा बहुमतका ८ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीका ४२ वर्षीय हरिष दयाल, भिमदत्त नगरपालिका–९ मटेनाका २४ वर्षीय दीपेन्द्र ऐरी, वडा नम्बर १ बाराकुण्डाका ३० वर्षीय सुरेन्द्र धानुक र वडा नम्बर ८ तिलाचौरका २१ वर्षीय विरेन्द्र नाथ, भीमदत्त नगरपालिका २ उल्टाखामका २४ वर्षीय सुरज मल्ल, भिमदत्त नगरपालिका ९ मटेनाका २१ वर्षीय सुरेश नाथ ,वडा नम्बर १८ कटानका ३० वर्षीय वीरेन्द्र शाह र शुक्लाफाँटा नगरपालिका–८ मणिकाधामका ४० वर्षीय नक्साल विष्ट रहका छन् ।
बिहान करिब साढे ९ बजे दयाल नेतृत्वको समूहले मतदान स्थल बाहिर पर्चा पम्प्लेट देखाएर चुनावको विरोध जनाएपछि उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
