विराटनगरका दुई ठाउँमा फेला परेका शंकास्पद वस्तु डिस्पोज

तु खबर संवाददाता
२०७९ मंसिर ३, शनिबार १५:२२

विराटनगर । विराटनगर महानगरपालिकाका दुई स्थानमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । निर्वाचनको अघिल्लो दिन शनिबार विराटनगरका दुई छुट्टाछुट्टै स्थानमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको हो ।

शनिबार विहान विराटनगर महानगरपालिका–३ को पुष्पमार्ग र दिउँसो विराटनगर– ३ खारजीमा शंकास्पद वस्तु फेला परेको हो । दुबै स्थानमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको हो । डिस्पोज गरिएका वस्तु बम नभएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । खारजीमा इनामेलको बट्टा खतरा राखेर राखिएको अवस्थामा फेला परेको थियो ।