अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर २, शुक्रबार १६:३२
सांकेतिक तस्बिर

नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका–७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्ससहित एक जनालाई त्रफाउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनी रहेका छन् । नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।