काठमाडौंको दुई स्थानमा शंकास्पद वस्तु फेला
काठमाडौं । काठमाडौंको दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार बिहान शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको हो ।
हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।
यस्तै बूढानीलकण्ठस्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
