जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार १७:१२
सांकेतिक तस्बिर

बारा । जबरजस्ती करणी तथा गर्भ पतन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले प्रसौनी गाउँपालिका–५ बेलहिया टोल बस्ने २५ वर्षीय श्याम सुन्दर साह तेलीलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, श्यामले १७ वर्षीया बालिकालाई ललाई फकाई पटक–पटक जबरजस्ती करणी गर्नुका साथै पीडितको जबरजस्ती गर्भपतन समेत गराएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । वारदात पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले प्रसौनी गाउँपालिका-५ बेलहिया टोलस्थित लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि जबरजस्ती करणी तथा गर्भ पतन मुद्दामा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद अनुमति लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।