चार दिन रेल नचल्ने

तु खबर संवाददाता
२०७९ मंसिर १, बिहीबार १७:०७
file photo

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । बिहीबारदेखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए।

उनका अनुसार, सोमबारबाट भने नियमित समयमा रेल सञ्चालनमा आउनेछ । कार्यालयले बुधबार एक सूचना जारी गर्दै रेल सञ्चालन बन्द हुनेबारे जानकारी दिएको हो ।