नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १७:२१
सांकेतिक तस्बिर

वीरगञ्ज । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ल्याएको नक्कली मतपत्रसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारतबाट मतपत्र नेपाल ल्याउँदै गरेको १५ हजार मतपतसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारनका ४० वर्षका ईजाजत अहमद छन् । उनलाई पर्साको जगरनाथपुर गाउँपालिका २ दशौतास्थित सडकखण्डमा बिओपी भिखमपुर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

मोटरसाइकल र मतपत्र नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयाको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।