चोरीका गरगहना र नगदसहित एक जना पक्राउ
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट शनिबार बेलुकी चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् ।
प्रहरीका अनुसार, शंकास्पद रूपमा बसिरहेका राजेन्द्रलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट झोलामा लुकाई राखेको उक्त गरगहना र नगद पारेको र अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
