थप १५ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७९ कार्तिक २७, आईतवार १७:१३
filr-photo

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, कुल नमुनामध्ये ७७४ जनाको पीसीआर र १ हजार २२१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।