आईतबार सामान्य अंकले घट्यो नेप्से
काठमाडौं । आज साताको शेयर कारोबारको पहिलो दिन अर्थात आईतबार शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० अंकले घटेर १८८३ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर खरिदबिक्री हुँदा जम्मा ७७ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरको प्रक्रियामा रहेका कारण पनि नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरेको छ । नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गर्दै एक साताभित्र रोक्का रहेका सबै कम्पनीको शेयर फुकुवा गर्ने निर्णय गरेको छ ।
